News Portal

  • कुमारी बैंकले घोषणा गर्यो साढे १२ प्रतिशत नगद लाभांश, बुक क्लोज नहुने

    आर्थीकसंसार संवाददाता१४ असोज, २०७९
    ३७७ पटक
    १४ असोज, २०७९

    काठमाडौं । कुमारी बैंकले सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोेषणा गरेको छ । असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको हो ।

    बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको साढे १२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरेको हो । बैंकले बोनस सेयर भने घोषणा गरेको छैन ।
    हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड रुपैयाँ छ ।
    कुमारी बैंक एनसीसी बैंकसँग मर्जरको प्रक्रियामा रहेकोले हाल सेयर कारोबार भने रोक्का नहुने कम्पनीले जानकारी गराएको छ । त्यस्तै, साधारण सभाको मिति पनि हाललाई तय भइसकेको छैन ।

     

    प्रतिकृया दिनुहोस्