News Portal

  • हिमालयन बैंकको न्यूरोड शाखामा क्यास डिपोजिट मेसिन संचालन

    आर्थीकसंसार संवाददाता२ असोज, २०७९
    ३३७ पटक
    २ असोज, २०७९

    काठमाडौं । हिमालयन बैंकले न्यूरोड शाखामा क्यास डिपोजिट मेसिन संचालनमा ल्याएको छ । यस क्यास डिपोजिट मेसिन बाट सेवाग्राहीले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने छन् ।
    सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ । मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् ।
    हिमालयन बैंकको यस सुविधाले बैंकका ग्राहकहरुलाई बैंकिङ्ग कारोबारको समय अघिपछि पनि थप सुविधा मिल्ने बैंकको विश्वास छ ।
    हाल बैंकले नेपालभरि फैलिएको कूल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटिएम र ६,००० भन्दा बढी पिओएस टर्मिनल्सबाट सेवा प्रदान गर्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्