News Portal

  • माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई ‘नेपाल पे’ क्युआर कोड हस्तान्तरण

    आर्थीकसंसार संवाददाता२७ साउन, २०७९
    ४८९ पटक
    २७ साउन, २०७९

    काठमाडौं । माछापुच्छ्रे बैेंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई NCHL द्वारा प्रवद्र्धित नेपाल पे क्युआर.कोड हस्तान्तरण गरेको छ । नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने तथा ग्राहक एवं व्यापारीलाई सहज डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ उक्त नेपाल पे क्युआर सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीनबहादुर गुरुङ्गलाई एक औपचारिक कार्यक्रममा माछापुच्छ्र्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाबाट हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापा, नायब महाप्रबन्धक प्रसिद्ध राज अर्याललगायतको पनि उपस्थिति रहेको थियो । नेपाल पेको क्युआर सेवा सुरु भएसँगै ग्राहकहरुले आफुले उपभोग गरेको बस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट M-SMART (Mobile Banking Application of MBL) मार्फत भुक्तानी गर्न सक्नेछन् ।


    आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्नेलगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्युआर. कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आकर्षण बढ्दै गएको छ । यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।
    स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्र्रे बैंकले हालै मात्र नेपाली कमर्शियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईनमार्फत खाता एंव मुद्धती खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

    प्रतिकृया दिनुहोस्