News Portal

  • एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवद्र्घन गर्न सहजः सीइओ केसी

    आर्थीकसंसार संवाददाता२६ साउन, २०७९
    ५०४ पटक
    २६ साउन, २०७९

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेस्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ ।
    एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र इन्टरनेशनल फाइनान्स कर्पोरेशनको दक्षिण एशिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङ्गबीच उक्त समझदारी आदानप्रदान भएको थियो । यो कर्जाले हालको असहज परिवेशमा उत्पादन मुलक क्षेत्रमा कर्जा लगानी बढाउन मदत पुग्नेछ ।
    एनएमबि बैंक चार वर्षको अवधिमा आईएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोभिड–१९ कोकारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपूर्ति गर्न र उक्त क्षेत्रहरूमा नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न सक्षम बनाउँने विश्वास बैंकले लिएकोछ ।
    एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।
    एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्