News Portal

  • रिलायन्स लाइफको बार्षिक राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न

    आर्थीकसंसार संवाददाता२५ साउन, २०७९
    ४८६ पटक
    २५ साउन, २०७९

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफनो बार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुने बार्षिक राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न गरेको छ । कम्पनीको देशभरका क्षेत्रीय प्रमुख , एरिया प्रबन्धक, शाखा प्रबन्धक सहित कम्पनीको सिनियर म्यानेजमेन्ट टिमकोको उपस्थितिमा सम्मेलन सम्पन्न भएको हो ।
    यो सम्मेलन बिशेष गरी कम्पनीको आगामी आर्थिक बर्षभित्र गर्नुपर्ने कामहरु, कम्पनीको व्यापारिक धारणा, बिभिन्न जिल्लाबाट आएका शाखा प्रमुख , क्षेत्रीय प्रमुख तथा एरिया प्रबन्धकहरुबाट आएका सुझाव र कम्पनीले आगामी दिनमा बीमाको दायरालाई फराकिलो बनाउदै कम्पनीको बजार बिस्तार कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा छलफल एवं अन्र्तक्रिया भएको थियो ।
    कम्पनीको देशभर रहेका १२४ शाखा र केन्द्रिय कार्यालयबाट चितवनमा जम्मा भएका सम्पुर्ण महानुभावहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले स्वागत गरेका थिए । कम्पनीको लागि उच्च व्यवसायिक बिचार र लक्ष्य बोकेर एकै उदेश्यका लागि एकै ठाउँमा भेला भई आगामी बर्षको योजनामा गहन छलफल र सझाव कम्पनीको आगामी व्ययसायिक रणनीतिको लागि एक कोषेढुङ्गा हुने उनले बताए । कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत निराजन कडेलले कम्पनीको आगामी व्यवसायिक रणनीति र बिगत बर्षको व्यवसायिक समीक्षा गरेका थिए ।
    दुईदिनसम्म संचालन भएको सो बार्षिक राष्ट्रिय सम्मेलनमा बर्षभरिमा उत्कृष्ट व्यवसाय गर्ने शाखा, उपशाखा, क्षेत्रिय कार्यालय साथै बिभिन्न व्यवसायिक उपलब्धिको आधारमा समेत छलफल सम्मान गरिएको थियो । सो कार्यक्रमको अन्तिम दिन कम्पनीका रिलायन्स साथीहरुलाई व्यवसायिक उपलब्धिको आधारमा सम्मान एवं पुरस्कृत गरिएको थियो ।
    रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १२४ शाखा बिस्तार गरी जीवन बीमा क्षेत्रमा उल्लेख्य कार्य गदै देशभर जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्