News Portal

  • सिटिजन्स बैंकका ग्राहकले कर्णाली र्याफ्टिङको सेवामा आर्कषक छुट पाउने

    आर्थीकसंसार संवाददाता२५ साउन, २०७९
    ४८१ पटक
    २५ साउन, २०७९

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कैलालीको टिकापुरस्थित कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चर प्रालिबीच आर्कषक छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले कर्णाली र्याफ्टिङका र्याफ्टिङ प्याकेजहरुमा १० प्रतिशतसम्म छुट पाउने छन् ।
    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
    यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    प्रतिकृया दिनुहोस्