News Portal

  • नबिल उद्यमशिलताको लागि आवेदन खुल्ला, व्यवसाय संचालन गर्न ६ महिना तालिम दिइने

    आर्थीकसंसार संवाददाता११ साउन, २०७९
    ४५६ पटक
    ११ साउन, २०७९

    काठमाडौं । ­‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको पहिलो ब्याचको सफलतापूर्वक संचालनसँगै नबिल बैंकले दोस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ ।
    बैंकले याे कार्यक्रम त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल आफ सोसल इन्टरप्रेनरशीप इण्डियाको प्राविधिक सहयोगमा संचालन गरेकाे हाे ।
    कृषि, पर्यटन, उर्जा, वातावरण संरक्षण, सुचना प्रविधि लगायतका क्षेत्रमा नविनतम सोच भएका १८ देखि ५० वर्ष पुगेका नेपाली नागरिकहरुले यसमा आवेदन दिन सक्नेछन् ।
    सामाजिक उद्यमशीलतालाई प्रवद्र्धन गर्ने लक्ष्य बोकेको यस कार्यक्रम ६ महिनासम्म चल्नेछ । साथै, हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ ।
    तालिम अवधिभर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरुलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि बैंकले सहयोग गर्नेछ ।
    आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि शुरु गरिएको यस फेलोसिप कार्यक्रमको पहिलो ब्याचमा २० जनालाई छनौट गरिएको थियो । सहभागीहरुले सामाजिक उद्यम संचालनका निम्ति आवश्यक कानूनी तथा कर सम्बन्धीका ज्ञान, व्यवासायको ब्राण्डिङ्ग, बजारिकरण आदि जस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए । बैंकले यसकाे लागि अन्तिम आवेदन भदौ २० सम्म दिन सकिने जनाएकाे छ ।

    प्रतिकृया दिनुहोस्