News Portal

  • एनआईसी एशिया बैंकले घातक रोगको बीमा वापत गर्यो ३० लाख भुक्तानी

    आर्थीकसंसार संवाददाता२४ असार, २०७९
    ६११ पटक
    २४ असार, २०७९

    काठमाडौं । एनआईसी एशिया बैंकले बचत खातामा उपलब्ध घातक रोगको बीमा वापत ३ जना ग्राहकलाई ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।
    बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेका ३ जना ग्राहकलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाखको दरले बीमा रकम भुक्तानी गरेको हो । उक्त बीमा रकम प्राप्त गर्नेमा हरिन्द्र शाह तेली, प्रचण्ड जंग शाह र सञ्जित तामाङ रहेका छन् ।
    उनीहरुलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्त रुपमा एक कार्यक्रमकाबीच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
    बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।

    प्रतिकृया दिनुहोस्