News Portal

  • नबिलमा एनबी गाभिन राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

    आर्थीकसंसार संवाददाता१५ असार, २०७९
    १९९ पटक
    १५ असार, २०७९

    काठमाडौं । नबिल बैंकले एनबी बैंकलाई गाभ्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले नबिललाई एनबी गाभ्न अन्तिम स्वीकृति दिएको हो ।
    यी दुई बैंकको विशेष साधारण सभाले एक आपसमा गाभ्न तथा गाभिनको लागि अख्तियारी दिएको थियो । सोही अनुसार दुबैले गाभिने प्रकृया अघि बढाउन राष्ट्र बैंकको अन्तिम स्वीकृतिको पर्खाइमा थिए । अब राष्ट्र बैंकले स्वीकृति दिएसँगै दुबै बैंकले आगामी असारमसान्तभित्र एकीकृत कारोबारको प्रकृया अघि बढाउने बैंकले श्रोतले बताएको छ ।
    यस्तो बन्नेछ बैंक
    एनबी बैंकलाई गाभेपछि नबिल अधिकांश सूचकमा पहिलाे बैंक बन्नेछ । मर्जरपछि नबिल बैंकको चुक्ता पुँजी पौने २३ अर्ब रुपैयाँ पुग्नेछ । अहिले नबिल बैंकको पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ ।
    नबिलले एनबी बैंकलाई ४३ रुपैयाँमा गाभ्न लागेको हो । यी बैंक गाभिएपनि यसअघि मर्ज भएको ग्लोबल आइएमइर्ए बैंक नै पुँजीका आधारमा अगाडि हुनेछ । र, नबिल पुँजीको आधारमा दोस्रो बैंक बन्नेछ ।
    हाल नबिल बैंकको निक्षेप २ खर्ब ३४ अर्ब २२ करोड ९९ लाख ४८ हजार र कर्जा २ खर्ब २१ अर्ब ९८ करोड ९३ लाख ५६ हजार रूपैयाँ छ । यस्तै, एनबी बैंकको निक्षेप ८२ अर्ब २ करोड १५ लाख १७ हजार र कर्जा लगानी ७६ अर्ब २० करोड ९३ लाख १५ हजार रूपैयाँ छ ।
    हालसम्म बढी लाभांश वितरणमा नबिल बैंक पहिलो बन्दै गएको छ । नबिल बैंकले एनबी बैंकलाई गाभेर अझै पनि आफ्नो स्थान सुरक्षित बनाउने रणनीति छ ।
    नबिल बैंकमा एनबी गाभिएपछि एनबी बैंकका कर्मचारीहरूको भने एक पद घट्ने भएको छ । नबिल बैंकमा गाभिएपछि एनबी बैंकका कर्मचारीको सेवा सुविधा सोही कायम गरी पद भने घट्ने सम्झौता भएको छ ।

    प्रतिकृया दिनुहोस्