News Portal

  • ज्योति विकास बैंकको नयाँ शाखा बेसीशहरमा

    आर्थीकसंसार संवाददाता१२ असार, २०७९
    ४५९ पटक
    १२ असार, २०७९

    काठमाडौं । ज्योति विकास बैंकले २०७९ साल असार १२ गते आइतबार बेसीशहर शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ्ग पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको हो ।
    बेसीशहर नगरपालिका–८, लम्जुङ्गस्थित बेसीशहर शाखाको समुद्घाटन बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र बैंकका संचालक नरेशराज आचार्यले संयुक्त रुपमा गर्नुभएको थियो ।
    उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।
    नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले बेसीशहर शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्यूआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५५ छुटलगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ ।

    प्रतिकृया दिनुहोस्