News Portal

  • पेट्रोलियम पदार्थको करमा छुट दिन सत्ता गठबन्धनको निर्देशन

    आर्थीकसंसार संवाददाता११ असार, २०७९
    ६१७ पटक
    ११ असार, २०७९

    काठमाडौं । सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थमा लिँदै आएको करमा छुट दिन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।
    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आम उपभोक्तालाई सहुलियत दिन पेट्रोलियम पदार्थको मुल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।
    सरकारले उक्त विषयलाई आजैदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गर्ने बताएको छ ।
    यसअघि शुक्रबार मात्र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको थियो ।
    समिति अन्तर्गतको बजार अनुगमन उपसमितिको बैठकले आयल निगमका पदाधिकारीसँग छलफल गरे गर्दै सरकारलाई सो निर्देशन दिएको थियो।

     

    प्रतिकृया दिनुहोस्