News Portal

  • नेपाल लाइफद्धारा ६० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२८ वैशाख, २०७९
    ७५८ पटक
    २८ वैशाख, २०७९

    पोखरा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले फिरफिरे ७ तनहुँ घर भइ हाल पोखरा महानगरपालिका वडा नं ११ , माटेपानी निवासी कुशल व्यापारी तथा समाजसेवी ओम प्रकाश गुरुङको असामयिक निधन भएकोमा उक्त दाबी भुक्तानी रकम निजको श्रीमती लाल कुमारी गुरुङ लाइ निजको घरमै गइ दिएको बताएको छ ।
    उक्त रकम कम्पनीका गण्डकी प्रदेश प्रमुख कृष्ण प्रसाद लम्साल तथा पोखरा शाखाका शाखा प्रमुख कुशल सिंह थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
    उक्त अवसरमा पोखरा शाखाका बरिस्ठ एजेन्सी मेनेजर प्रवीण पोख्रेलले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको बताए ।

    प्रतिकृया दिनुहोस्