News Portal

  • प्रिमियर इन्स्योरेन्सको आजसम्म शेयर किन्नेले १५% लाभांश पाउने

    आर्थीकसंसार संवाददाता४ माघ, २०७८
    ७०५ पटक
    ४ माघ, २०७८

    काठमाडौं । प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनका लागि माघ ५ देखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण आज माघ ४ गतेसम्म कायमं शेयरधनीलेमात्र सभामा भाग लिन त्तहा प्रस्तावित लाभांश पाउने छन् ।
    कम्पनीले माघ २१ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जनाएको छ ।
    कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १४ दशमलव २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि सभामा पेश गरिने भएको छ ।
    समितिले जोखिममा आधारित पुँजीसम्बन्धी निर्देशन जारी गरेपछि कम्पनीहरुलाई नगद लाभांशभन्दा पनि बोनशमा जोड दिन तथा कर प्रयोजनको लागि बाहेक नगद लाभांश बितरण गर्ने रोक लगाएपछि कम्पनीले नगद लाभांशलाई बोनश नै बढाएर दिने भएको हो । कम्पनीले यस अघि ७ दशमलव ५ प्रतिशत बोनश र ७ दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
    सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब, वासलात तथा नगद प्रवाह गर्ने प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने, कम्पनीको नियमावली संशोधन गर्ने बारे तथा निर्जिवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसंग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।

    प्रतिकृया दिनुहोस्