News Portal

  • सिभिल बैंकको बचत तथा मुद्दतीमा सर्वाधिक ब्याजदर

    आर्थीकसंसार संवाददाता७ भदौ, २०७७
    ५९८ पटक
    ७ भदौ, २०७७

    काठमाडौं । सिभिल बैंकले बचत तथा मुद्दती दुवैमा सर्वाधिक ब्याजदर योजना ल्याएको छ । बैंकले आफना ग्राहकहरुका लागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना प्रिमियम बचत खाता ल्याएको हो ।
    उक्त बचत खातामा बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यस वचत खाताको न्युनतम मौज्दात १० हजार रुपैयाँ रहेको छ भने यस बचत खाता खोल्दा बैंकले ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवा पनि प्रदान गर्नेछ । साथै, बैंकले यसको अतिरिक्त व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८ दशमलव ७५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गर्दै आईरहेको छ ।
    बैैंकले विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको न्यून ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको कारणले ग्राहकहरु लाभान्वित हुने जनाएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवारयोजनाहरु प्रदान गर्दै जाने पनि जनाएको छ ।

    प्रतिकृया दिनुहोस्