News Portal

  • सेञ्चूरी कमर्सियल बैंक र कर्णाली प्रदेश, कृषि तथा सहकारी मन्त्रालयबीच कृषि कर्जासम्बन्धी सम्झौता सम्पन्न

    आर्थीकसंसार संवाददाता४ भदौ, २०७८
    ६६३ पटक
    ४ भदौ, २०७८

    काठमाडौं । कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कार्यान्वयनमा ल्याएको “व्यावसायिक कृषि तथा पशुपन्छीपालन व्यावसायको लागि ब्याज अनुदान कार्यक्रम कार्यविधि, २०७६” कार्यान्वयनमा ल्याउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबीच सम्झौता भयो । सम्झौतापश्चात कर्णाली प्रदेशअन्तर्गत रहेका सेञ्चुरी कमर्सियल बैंकका विभिन्न शाखाहरुबाट व्यावसायिक कृषकहरुले सहुलियतपूर्ण कृषि कर्जा प्राप्त गर्नसक्ने छन् ।
    उक्त सम्झौतापत्रमा मन्त्रालयको तर्फबाट कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र तथा बैंकको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा विभागका प्रमुख प्रवीनकुमार दाहालले वीरेन्द्रनगर, सुर्खेत अवस्थित मन्त्रालयमा बसी हस्ताक्षर कार्यक्रम सम्पन्न भएको कुरा बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
    आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग र ९२ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्