काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सभाको संसदीय दलको नेतामा चयन अष्टलक्ष्मी शाक्य चयन भएकी छिन् । दलको नेता चयन भएसँगै बागमती प्रदेशको मुख्यमन्त्रीमा शाक्य बन्ने भएकी हुन् । मुख्यमन्त्री डोरमणि पौडेलले दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई दलको नेतामा प्रस्ताव गरेको सांसद मुनु सिग्देलले बताइन् ।
बागमती प्रदेशमा एमालेको संसदीय दलकी नेतृ अष्टलक्ष्मी शाक्यले आजै मुख्यमन्त्रीको शपथ लिने भएकी छिन् । गृह जिल्ला झापा गएका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं शपथ ग्रहण कार्यक्रमकै लागि बुधबार साँझ प्रदेश राजधानी हेटौंडा आइसकेका छन् ।
मुख्यमन्त्री बन्ने तयारीमा रहेकी शाक्यले आफू कहिल्यै पनि फुट र विभाजनको पक्षमा नलागेको बताएकी छिन् । ‘म कहिल्यै फुटमा लागिनँ । पार्टीको सामूहिक नेतृत्वमा विश्वास गरेँ । त्यसले मात्र पार्टी बलियो बन्छ भन्ने मेरो विश्वास हो । यत्रो राजनीतिक परिवर्तन भएको छ, यो उपलब्धिलाई हामीले जोगाउन सकौँ ।’
यस्तै राजीनामा दिएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अष्टलक्ष्मी शाक्यलाई पार्टी एकताको पक्षमा लडेको पुरस्कारस्वरुप मुख्यमन्त्री बनाउन लागिएको प्रतिक्रिया दिएका छन् ।
‘पार्टी एकताको लागि मैले त्याग गरेको हुँ, पहिला उहाँ (अष्टलक्ष्मी) जसरी सशक्त विरोधमा हुनुहुन्थ्यो, तर अहिले पार्टी एकताको पक्षमा उभिनुभएको छ’, पौडेलले भने, ‘पार्टी फुटेर जाँदा पनि उहाँ एकताका पक्षमा लड्नुभयो, त्यसको पुरस्कार हामीले उहाँलाई दिएका हौं ।’ एमालेबाट बागमती प्रदेश सभामा ५६ जना सांसद छन् ।
कुल ११० सांसद रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ । एमालेका सांसदकै बलमा पौडेललाई बहुमत छ । बागमतीमा ओलीपक्षका ३५ र माधवपक्षका २१ सांसद छन् ।
माधव पक्षको बलियो शक्ति सरकारबाट बाहिरिँदा पौडेलको सत्ता टिक्न सक्ने अवस्था रहँदैन । प्रदेशमा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।
नेकपा एमाले बागमती प्रदेश सभाको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन
आर्थीकसंसार संवाददाता२ भाद्र, २०७८
२ भाद्र, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?