News Portal

  • मेगाका नौवटा एक्सटेन्सन काउन्टर शाखा कार्यालयमा स्तरोन्नति

    आर्थीकसंसार संवाददाता२ भाद्र, २०७८
    १३३९ पटक
    २ भाद्र, २०७८

    काठमाडौं । मेगा बैंक नेपालले विभिन्न स्थानहरुमा सञ्चालनमा रहेका नौवटा एक्सटेन्सन काउन्टरहरुलाई स्तरोन्नती गर्दै शाखा कार्यालयमा परिणत गरेको छ ।
    बैंकको अनुसार झापा जिल्लाको शिवसताक्षी नगरपालिका, मोरङ जिल्लाको धनपालथान गाउँपालिका, सुनसरी जिल्लाको कोशी गाउँपालिका, अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका, पाल्पा जिल्लाको माथागढी गाउँपालिका, गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका, दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका, धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका र नागराईन नगरपालिकामा रहेको एक्सटेन्सन काउन्टरहरुलाई स्तरोन्नति गर्दै शाखा कार्यालयमा परिणत गरिएको हो ।
    यसअघि नै बैंकले सुनसरी जिल्लाको बराहाक्षेत्र गाउँपालिका–६ मा रहेको एक्स्टेन्सन काउन्टरलाई पनि शाखामा स्तरोन्नति गरिसकेको छ । अब यी सबै शाखाहरुबाट निक्षेप एवं कर्जाको कारोबारका साथै अन्य बैंकिङ सेवा तथा सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । यो सँगै अब मेगा बैंकको शाखा संख्या १९९ पुगेको छ भने एक्सटेन्सन काउन्टरहरुको संख्या २४ कायम भएको छ ।

    प्रतिकृया दिनुहोस्