
काठमाडौं । नेपाल इन्स्योरेन्सको खुद नाफा ३२.९९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा २६ करोड २२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको इन्स्योरेन्सले गत आर्थिक वर्षमा ३४ करोड ८७ लाख रुपैयाँ कमाउन सफल भएको छ ।
समीक्षा अवधिमा इन्स्योरेन्सले १ अर्ब २७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७.५७ प्रतिशतले बढी हो । इन्स्योरेन्सले अघिल्लो आवको असार मसान्तसम्ममा एक अर्ब १८ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेको थियो ।
त्यस्तै, इन्स्योरेन्सले खुद बीमाशुल्कमा ६.७० प्रतिशतले बृद्धि गरि ७१ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २८.०७ रुपैयाँ, पीई अनुपात ३६.४० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८१.८१ रुपैयाँ रहेको छ ।
एक अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा ४२ करोड ६ लाख रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, बीमा कोषमा ५९ करोड ५७ लाख रुपैयाँ सञ्चित रहेको छ ।
कम्पनीले यस अवधिमा १ लाख ४५ हजार २०८ वटा बीमालेख जारी गरी एक अर्ब २७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ५ हजार ६७५ वटा कुल दावी बापत ६० करोड ७ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, ३ हजार ६६९ वटा दाबी बापत १ अर्ब ९ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।