काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एक अर्ब ५२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.१२ प्रतिशतले बढी हो ।
इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा एक अर्ब ३६ करोड रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।
समीक्षा अविधमा इन्स्योरेन्सको खुद बीमाशुल्क भने ५८ करोड ७९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १४.०६ प्रतिशतले बढी हो ।
खुद बीमाशुल्कसँगै इन्स्योरेन्सको खुद नाफा पनि ११.६० प्रतिशतले बढेको छ । अघिल्लो आवमा २१ करोड २ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको इन्स्योरेन्सले गत आवमा २३ करोड ४३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । यस्तै, कम्पनीले पुनर्बीमा कमिशन वापत २३ करोड ६३ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ६ करोड रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २४ करोड ९९ लाख रुपैयाँ र बीमा कोषमा ४७ करोड ६२ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) २०.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६२.७४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९.६४ गुणा बढी छ ।
कम्पनीले यस अवधिमा १ लाख २८ हजार ०५५ वटा बीमालेख जारी गरी एक अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ४ हजार ९५५ वटा कुल दावी बापत ७३ करोड २१ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, ७ हजार ७६१ वटा दाबी बापत १ अर्ब २७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
आईएमई जनरल इन्स्योरेन्सको बीमाशुल्क साढे एक अर्ब
आर्थीकसंसार संवाददाता३२ साउन, २०७८
३२ साउन, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह