News Portal

  • प्राइफ लाइफ इन्स्योरेन्सको नाफा ३९ प्रतिशतले वृद्धि

    आर्थीकसंसार संवाददाता२९ साउन, २०७८
    ९४० पटक
    २९ साउन, २०७८

    काठमाडौं । प्राइफ लाइफ इन्स्योरेन्सले गत एक वर्षमा खुद नाफासँगै खुद बीमा शुल्कमा पनि वृद्धि गरेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा इन्स्योरेन्सको खुद नाफा र खुद बीमा शुल्क क्रमशः ३८.८४ र २९.४९ प्रतिशतले बढेको हो ।
    कम्पनीले प्रकाशित गरेको गत आवको वित्तीय विवरणअनुसार इन्स्योरेन्सले एक वर्षमा ३० करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, ३ अर्ब ९८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
    गत असार मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १२.७५ रुपैयाँ रहेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ७८.८० गुणा र प्रतिसेयर नेटवर्थ १३५.०७ रुपैयाँ रहेको छ ।
    त्यस्तै, चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । जगेडा कोषमा ६९ करोड २६ लाख, जीवन बीमा कोषमा १४ अर्ब ६९ करोड र महाविपत्ती कोषमा १५ करोड ५१ लाख रुपैयाँ सञ्चित रहेको छ । यी सबै कोषको रकम अघिल्लो आवको तुलनामा बढी हो ।
    इन्स्योरेन्सले गत असार मसान्तसम्ममा १७ लाख ४० हजार २३९ संख्यामा बीमालेख जारी गरेको छ । त्यस्तै, सो अवधिसम्ममा ३ हजार ८७५ वटा दावीको १२ लाख ११ हजार १३५ रुपैयाँ बराबरको भुक्तानी गरिसकेको छ । साथै, ३७ वटा दावीको ८ हजार ५९३ रुपैयाँ बराबरको रकम भुक्तानी हुन बाँकी रहेको छ ।

    प्रतिकृया दिनुहोस्