काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव पारित भएको छ । साउन २५ गते सोमबार सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
यससँगै कम्पनीले सर्वसाधारणमा प्रमियम मूल्यमा ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सको साधारणसभा भच्र्युअल माध्यमबाट सम्पन्न भएको थियो ।
साथै, सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन वासलात, नाफा र नोक्सान, हिसाब नगद प्रवाह विवरण र सोसम्बन्धी अनुसूची एनएफआरएस प्रणालीलगायतका विषयमाथि छलफल गरी पारित गरेको छ । यसका साथै, सभाले कम्पनीको स्वतन्त्र विज्ञ सञ्चालकमा नितु कयाललाई नियुक्त गरेको छ ।
इन्स्योरेन्सले हाल देशभरका २० वटा शाखा कार्यालय तथा १०८ वटा उपशाखा कार्यालयमार्फत जीवन बीमा सेवा दिँदै आएको छ । साथै, आगामी दिनमा स्थानीय स्तरबाट बीमा सेवा प्रवाह गर्दै अघि बढ्ने कम्पनीको लक्ष्य छ ।
सन नेपाल लाइफको सञ्चालकमा कयाल नियुक्त
आर्थीकसंसार संवाददाता२५ साउन, २०७८
२५ साउन, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल बैंकको नगद लाभांश घोषणा
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न