काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा थप दुई शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको नयाँ बानेश्वर र चाबहिल चुच्चेपाटीमा क्रमशः ४१औं र ४२औं शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो ।
ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले खोलिएका उक्त शाखाहरु साउन २५ गतेदेखि सञ्चालनमा आएका छन् । उक्त शाखको उद्घाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठले गरेका हुन् ।
थप दुई शाखासहित योसँगै यस कम्पनीको शाखा संख्या ४२ र उपशाखा संख्या १०६ पुगेको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाव्यताको आधारमा काठमाडौं उपत्यकाभित्र थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै लैजाने यस कम्पनीको लक्ष्य रहेको छ ।
त्यस्तै, कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी सावधिक, अग्रिम भुक्तानी सावधिक, आजीवन, म्यादीसहित २३ वटा बीमा योजनाहरु प्रचलनमा ल्याएको छ । २०७८ असार समान्तसम्ममा यस कम्पनीको जीवन बीमा कोष २६ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको छ ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ र बागमती प्रदेश प्रमुख लोकराज जोशीको समेत उपस्थिति थियो ।
एशियन लाईफ इन्स्योरेन्सले एकैदिन थप दुई शाखा विस्तार
आर्थीकसंसार संवाददाता२५ साउन, २०७८
२५ साउन, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो