काठमाडौं । ज्योति विकास बैंकले श्रावण ९ गते शनिबारको दिन स्थापनाको १३औं वार्षिकोत्सव मनाएको छ । हालको कोभिड–१९ महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमलपोखरीस्थित कार्यालय प्राङ्गणमा वार्षिकोत्सव मनाएको हो ।
बैंकका सञ्चालक समितिका अध्यक्ष हरिप्रसादले समारोहको अध्यक्षता गरेका थिए । साथै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, बैंकका संस्थापक अध्यक्ष तथा शेयरधनी ध्रुव उप्रेती र संस्थापक शेयरधनी तथा भूतपूर्व अध्यक्ष ध्रुवकुमार भट्टराईको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो । सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको ‘न्यानो नानी’ परियोजना–२ को लागि सहयोग प्रदान गरेको छ । नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १२ वटा ‘न्यानो नानी’ बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भएको हो ।
बैंकको तर्फबाट सञ्चालक समितिका सदस्य तथा बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमहरु सञ्चालन गर्न निर्मित हाम्रो विकास प्रवद्र्धन कोषका संयोजक सुरेन्द्रबहादुर नेपालीले राष्ट्रिय आविष्कार केन्द्रको ‘न्यानो नानी’ परियोजनाको लागि १० लाख २० हजार प्रदान गरेका थिए ।
कार्यक्रममा अध्यक्ष हरिप्रसादले मन्तव्य प्रस्तुत गर्दै बैंकको १३ वर्षको यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिने सम्पूर्णको स्मरण गर्दै अबको यात्रामा पनि सोहीअनुरुपको सहयोग प्रदान गर्न आह्वान गरेका थिए । साथै अध्यक्ष प्रसादले बैंकले समाजमा उद्यमी क्षमताको विकास गर्न सधैं क्रियाशील रहने र समाज तथा नागरिकबाट प्राप्त सुझावहरुलाई अनुशरण गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । १३औं वार्षिकोत्सवको अवसरमा बैंकले ‘ज्योति परिवर्तनकारी कर्जा” नामक कर्जा योजना सार्वजनिक गरेको छ । उद्यमशील समाजको परिकल्पना गर्दै साना तथा मझौला व्यवसायलाई समेत समेट्न बैंकले उच्चतम धितो मूल्यांकन तथा न्युनतम कागजातसहितको ज्योति परिवर्तनकारी कर्जा नागरिकहरुको लागि ल्याएको हो ।
वार्षिकोत्सवकै अवसरमा बैंकले शुन्य मौज्दातमा बचत, डिम्याट र मेरो शेयर एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट कार्ड खाता तथा ज्योति कन्ट्याक्टलेस कार्ड पनि सार्वजनिक गरेको छ ।
सोही अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रही योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको थियो ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ ।
ज्योति विकास बैंकको १३औं वार्षिकोत्सव सम्पन्न
आर्थीकसंसार संवाददाता९ साउन, २०७८
९ साउन, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन