काठमाडौं । मुक्तिनाथ विकास बैंकको एक अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले आज (साउन ७ गते) देखि ७ वर्षे ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चररऋणपत्र’ नामक ऋणपत्रको बिक्री खुला गरेको हो ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको १२ लाख ५० हजार कित्ता ऋणपत्र जारी गरेको हो । जसमा वार्षिक ८.७५ प्रतिशत ब्याज पाइने छ ।
निष्काशित ऋणपत्रमध्ये ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट र ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने छ । सर्वसाधारणलाई बिक्री गरिनेमध्ये ५ प्रतिशत अर्थात २५ हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्टयाई जसमध्ये १ हजार ५०० कित्ता ऋणपत्र बाँडफाँड पनि भइसकेको बैंकले जनाएको छ । सो ऋणपत्र खरिदका लागि इच्छुकले छिटोमा साउन ११ गतेसम्म आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन २१ गतेसम्म निष्काशन तथा बिक्री खुला गर्ने छ ।
विकास बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । यससँगै लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट न्युनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
मुक्तिनाथ बैंकको ऋणपत्र निष्काशन खुला
आर्थीकसंसार संवाददाता७ साउन, २०७८
७ साउन, २०७८- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?