काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले हालको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै काठमाडौंको महाराजगञ्जमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ । गएको २ वर्षदेखि विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइसरको महामारीका कारण अहिले हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आश्यकता महसुस गरी बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त अस्पतालमा कोरोना विशेष वार्डको स्थापना गरिदिन लागेको हो ।
कोरोना विशेष वार्ड स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा..चन्द्रमणी अधिकारी तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्तान्तरण गर्नुभयो ।
सम्झौतापश्चात बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले अस्पताल परिसरमा उपलब्ध गराएको स्थानमा कोरोना विशेष वार्ड निर्माण गरी वार्ड सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई हस्तान्तरण गर्नेछ ।
माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३१ स्थानवाट ९ लाखभन्दा बढी ग्राहक महानुभावहरुमा सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २०२ वटा एटीएमहरु सञ्चालनमा रहेको छन् ।
माछापुच्छ्रे बैंकद्वारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गरिँदै
आर्थीकसंसार संवाददाता४ साउन, २०७८
४ साउन, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह