News Portal

  • नेपाल इन्भेष्टमेन्ट बैंक युरो मनिद्वारा ‘नेपालको बेस्ट बैंक’ अवार्डबाट सम्मानित

    आर्थीकसंसार संवाददाता३१ असार, २०७८
    ९०६ पटक
    ३१ असार, २०७८

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक युरो मनिद्वारा ‘नेपालको बेस्ट बैंक’ अवार्डबाट सम्मानित भएको छ । बैंक दोस्रोपटक बैंकिङ्ग क्षेत्रमा निकै राम्रो मानिएको यस अवार्डबाट सम्मानित भएको हो ।
    १९९२ मा स्थापना गरिएको यस अवार्ड कार्यक्रम विश्व बैंकिङ्ग उद्योगमा सुरु गरिएको पहिलो अवार्ड हो । यस अवार्ड विश्वको १०० वटा देशहरुमा सञ्चालन हुने गरेको छ ।
    बैंकले मुलुकभर रहेका ८६ शाखा कार्यालयहरू, १३१ एटिएम, १० वटा राजस्व संकलन काउण्टर एवं ५८ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । निकै राम्रो सेवा र व्यापारको कारण ‘बैंक अफ द इयर’ अवार्डबाट पाँचपटक सम्मानित यस बैंक २०१८ मा यस अवार्डबाट सम्मानित भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्