News Portal

  • नेपाल एसबीआई बैंकको २८औं वार्षिकोत्सव सम्पन्न

    आर्थीकसंसार संवाददाता२४ असार, २०७८
    ५०८ पटक
    २४ असार, २०७८

    काठमाडौं । नेपाल एसबिआई बैंकले ७ जुलाई २०७८ मा बैंकको २८औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरन गरेको छ ।
    वीर अस्पतालमा आयोजना भएकोे समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देद्वारा वीर अस्पताल कोभिड एकीकृत केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हस्तान्तरण गर्नुभयो । उक्त समारोहमा वीर अस्पतालका उपनिर्देशक डा. आशिष ढुुंगानाका साथै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख संचालन अधिकृत यादभेंद्र कान्त, सल्लाहकार छपिराज पन्त तथा अस्पताल तथा बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्