काठमाडौं । अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीजस्तै प्राइम लाइफ इन्स्योरेन्सका कर्मचारी पनि सामाजिक सुरक्षा कोषविरुद्धमा उत्रिएका छन् । कोषले गरेको बाध्यकारी नियमप्रति असहमति जनाउँदै इन्स्योरेन्सका कर्मचारीहरु कोषको विरुद्धमा उत्रिन बाध्य भएका हुन् ।
कर्मचारीहरुले आज (असार १८ गते) कालो व्यानरसहित कार्र्यालय परिसर भित्रै विरोध जनाएका हुन् । उनीहरुले इन्स्योरेन्सका कर्मचारीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको विभिन्न ५ बुँदामा असहमति जनाएका हुन् ।
प्राइम लाइफ इन्स्योरेन्सका कर्मचारीले असहमति जनाएका ५ बुँदाहरु
कर्मचारीहरुले आईएलओ अभिसन्धी १९४९ ९नं. (८), नागरिकको मौलिक हक, श्रम ऐनको मर्म विपरित बैंक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको ‘राइट टु अर्गनाइज एण्ड राइट टु कलेक्टिम बार्गेनिङ’ गर्न पाउने हक कुण्ठित हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याइएकोमा इन्स्योरेन्सका कर्मचारीले आपत्ति जनाएका छन् ।
त्यस्तै, खाइपाई आएको सेवा सुविधा घट्ने र लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्ने भएकाले उनीहरु योजनामा जान नचाहेका हुन् ।
नेपाल वित्तीय संस्था कर्मचारी संघले विगत २ वर्षदेखि उठाएका विषयहरु योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, बिनियम र कार्यविधिमा रहेका अमिल्दा व्यवस्थाहरु संशोधन नगरी बलजफ्ती गरिएकोमा कोषको आपत्ति छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना स्वेच्छिक नभई बाध्यकारी भएकोले उनीहरुको सामाजिक सुरक्षा कोषको योजनामा जान नमानेका हुन् ।
साथै, न्युनतम ज्याला तथा पारिश्रमिकबाट बहुसंख्यक श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराई तिनको सामाजिक सुरक्षाको हक सुनिश्चित नगरेकोमा कर्मचारीहरुले आपत्ति जनाएका हुन् ।
प्राइम लाइफका कर्मचारी पनि कोषविरुद्ध उत्रिए
आर्थीकसंसार संवाददाता१८ असार, २०७८
१८ असार, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?