News Portal

  • एनएमबि लघुवित्तद्वारा क्रेडिट एक्स ऋण अटोमेसन प्रणाली सञ्चाल

    आर्थीकसंसार संवाददाता१२ असार, २०७८
    ८३० पटक
    १२ असार, २०७८

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले एसबी सोलुसन्स प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सञ्चालनमा ल्याएको छ । सो सम्बन्धी आज सक्झौता भएको छ । संस्थाका प्रमुखकार्यकारी अधिकृत आनन्द पाण्डे र एसबी सोलुसन्सका अध्यक्ष विपुल ढकालले सम्झौतामा हस्ताक्षर गरे ।
    अटोमेसन प्रणालीले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्छ । क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली)को थालनीसँगै लघुवित्त संस्थाले पूर्ण रूपमा कागज निर्भर ऋण कार्य प्रवाह गर्न सक्षम हुनेछन् ।
    यसले प्रणालीभित्र जोखिम प्यारामिटर अनुगमन गरेर ऋण लिएका ग्राहकसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न पनि सहयोग पुर्याउनेछ । यसले लघुवित्त संस्थालाई द्रुतगतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैरजमानत बेस लोन पनि प्रोसेस गर्नेछ ।
    ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअन्तर्गत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको हो । यो स्वायत्त प्रणाली सञ्चालित ग्राहकको उद्देश्य मूल्यांकनका साथै विषयगत प्यारामिटर मानकीकरणको रूपमा पनि रहेको संस्थाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्