News Portal

  • हिमालयन बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा छुट पाउने

    आर्थीकसंसार संवाददाता९ असार, २०७८
    ७०१ पटक
    ९ असार, २०७८

    काठमाडौं । हिमालयन बैंकका ग्राहकले इ(कमर्श साइट दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । दराजको बैंक डे अफरअन्तर्गत बैंकले आफ्ना ग्राहकहरुको सुविधाको लागि प्रत्येक बिहीबार छुट प्रदान गर्ने व्यवस्था गरेको हो । उक्त सम्झौताअन्तर्गत हिमालयन बैंकका ग्राहकहरुले दराजबाट बिहीबारका दिन आफ्नो क्रेडिट वा प्रिपेड कार्डबाट अग्रिम भुक्तानी गरी कुनै पनि सामानहरु खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट प्राप्त पाउने छन् ।
    बैंकले देशमा फैलिएको करोना महामारीको विषम परिस्थितिबाट आफ्ना ग्राहकहरुलाई सुरक्षित राख्न डिजिटल बैंकिङ्गको प्रवद्र्धन गर्ने सिलसिलामा दराजबाट सामानहरु खरिद गर्दा छुट प्रदान गर्ने व्यवस्था गरेको हो । दराजबाट सामान खरिद गर्दा समान घरमै आउने तथा छुट पनि प्राप्त गर्ने भएकोले बैंकका ग्राहकहरु लाभान्वित हुनेछन् । बैंकको क्रेडिट वा प्रिपेड कार्ड प्राप्त गर्न बैंकको नजिकको शाखा कार्यालयमा गई ग्राहकहरुले निवेदन दिन सक्नेछन् । हाल बैंकको ७१ वटा शाखा, ५००० भन्दा बढी पस टर्मिनल, ६०० भन्दा बढी इ–कमर्श मर्चेन्ट तथा १४२ भन्दा बढी एटिएम मेसिनहरु सञ्चालनमा छन् ।

    प्रतिकृया दिनुहोस्