काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी मिस्डकल कल सेवा सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को महामारीको जोखिमलाई न्यूनीकरण गर्ने हेतुले आफ्ना ग्राहकलाई घरमै बसी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंकबीचको सम्बन्धलाई सहज बनाउने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
यससँगै, यो सेवामार्फत ग्राहकले कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाहरुको बारेमा जानकारी लिन सक्ने छन् । साथै, उनीहरुले बैंकको बचत तथा कर्जासम्बन्धी कुनै पनि जानकारी आवश्यक परेमा मोवाईल नम्बर ९८४७३८७५२४ मा मिस्डकल कल गर्न सक्नेछन् । र, बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी (कल ब्याक) जानकारी उपलब्ध गराउने छन् ।
यस सेवामा ग्राहकहरुलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङ्गको प्रयोग विधि तथा त्यसको उपयोगीताको बारेमा पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो जानकारी लिई उचित समाधान गर्नेछन् ।
बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोडलगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बँच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।
महालक्ष्मी विकास बैंकद्वारा मिस्डकल कल सेवा सञ्चालन
आर्थीकसंसार संवाददाता९ असार, २०७८
९ असार, २०७८- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण