काठमाडौं । शिखर इन्स्योरेन्स र एक्सेल डेभलमेन्ट बैंकले हकप्रद सेयर जारी गर्न प्रक्रिया अघि बढाएका छन् । उनीहरु दुबैले ३०÷३० प्रतिशत हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाउँदै नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् ।
जसमध्ये शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत अर्थात ५२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर निष्काशन गर्न गत जेठ २५ गते बोर्डसँग अनुमति मागेको हो ।
बोर्डले अनुमति दिएपश्चात इन्स्योरेन्सले सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत सो मात्राको हकप्रद सेयर निष्काशन गर्ने छ ।
त्यस्तै, विकास बैंकअन्तर्गतको एक्सेल डेभलपमेन्ट बैंकले पनि ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । संस्थाले एक सय अंकित दरको २४ लाख ३३ हजार ३६३ कित्ता अर्थात २४ करोड ३३ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
संस्थाले गत जेठ २७ गते बोर्डमा फाइल पठाएको हो । यससँगै बोर्डले स्वीकृति दिएपश्चात संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमार्फत सेयरधनीहरुमा हकप्रद सेयर जारी गर्ने छ ।
हकप्रद शेयर निष्काशनको अनुमति माग्दै शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंक पुगे धितोपत्र बोर्ड
आर्थीकसंसार संवाददाता३० जेठ, २०७८
३० जेठ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो