काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय वालांखाले शुक्रबारका भोजपुर जिल्लास्थित आमचोक गाउँपालिकामा सञ्चालनमा आएको कोभिड–१९ बिरुद्धको भेरोसेल खोप अभियानलाई लक्षित गरी आज एक कार्यक्रमका बीच वृद्धवृद्धालाई लक्षित गरी स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।
यता उक्त खोप अभियानलाई लक्षित गरी महुली लघुवित्तद्वारा इप्रका आमचोक इन्चार्ज मनबहादुर शुवेडि, प्रहरी चौकी दुम्मानाका प्रहरी प्रमुख तथा चुमुलुङ्मा एफएमका स्टेसन मेनेजर राजिनकुमार राईलाई समेत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।
राष्ट्रव्यापी खोप अभियानलाई सहयोग पुर्याउन तथा बृद्धहरुको स्वास्थ्यलाई ख्याल गरी स्वास्थ्य सामग्री उपलब्ध गराएको वित्तीय संस्थाले जनाएको छ । सोही अवसरमा आमचोक गापा वडा नम्बर ४ का वडा अध्यक्ष नेत्रबहादुर खत्रीले महुलीको यस परोपकारी धर्मलाई खुलेर तारीफ गर्दै सामाजिक क्षेत्रमा अगाडि बढ्न हौसला प्रदान गरेका छन् भने उनले सोही अवसरमा हामीलाई आवश्यक अनुसारको खोप ल्याउन नसक्नु हाम्रो कमजोरी रहेको बताउँदै खोप लगाउनबाट भने कसैलाई बन्चित नगराउने बताएका छन् ।
महुली लघुवित्तद्वारा वृद्धवृद्धा लक्षित स्वास्थ्य सामग्री हस्तान्तरण
आर्थीकसंसार संवाददाता२९ जेठ, २०७८
२९ जेठ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो