News Portal

  • प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद विस्तार

    ८ मन्त्री थपिए

    आर्थीकसंसार संवाददाता२७ जेठ, २०७८
    ६२७ पटक
    २७ जेठ, २०७८

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद आज पुनः थप विस्तार गरेका छन् । निर्वाचनको मिति घोषणा गरिसकेपछि पनि मन्त्रिपरिषद विस्तार गर्दै सात मन्त्री र एक जना राज्यमन्त्रीसहित कूल आठ जना नयाँ मन्त्रीहरु थप गरेका छन् । सोमध्ये दुईवटा मन्त्रालय पूर्व माओवादीबाट एमालेमा प्रवेश गरेकाहरुलाई बनाइएको छ ।
    प्रधानमन्त्री ओलीले सञ्चारमन्त्रीमा पूर्व गृहमन्त्री बादलकी श्रीमती नैनकला थापालाई नियुक्त गर्दैछन् । त्यसैगरी, रिक्त गृहमन्त्री पदमा खगराज अधिकारीले बाजी मारेका छन् । गृहमन्त्रीमा भक्तपुरका युवा नेता महेश बस्नेतको समेत नाम आएको थियो । तर, अन्त्यमा अधिकारीले बाजी मारेका हुन् ।
    प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आजै अपरान्ह ४ः०० बजे नव नियुक्त मन्त्रीहरुलाई शपथग्रहणको लागि राष्ट्रपति भवन शितलनिवासमा बोलाइएको छ ।
    कोको बने नयाँ मन्त्रीः
    १. नारदमुनी राना, वनमन्त्री
    २. मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
    ३. खगराज अधिकारी, गृहमन्त्री
    ४. नैनकला थापा, संचारमन्त्री
    ५. ज्वालाकुमारी साह, कृषिमन्त्री
    ६. राजकिशोर यादव, उद्योगमन्त्री
    ७. गणेश पहाडी, सामान्य प्रशासनमन्त्री
    ८. आशा विक, वनराज्यमन्त्री ।

    No photo description available.

     

    प्रतिकृया दिनुहोस्