काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हातमा शैक्षिक प्रमाणपत्र लिएर बैंक जाँदैमा २५ लाख रुपैयाँ ऋण नपाइने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ –नाफिज)ले आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले सरकारले बजेटमा व्यवथ्था गरेको शैक्षिक प्रमाणपत्र धितो कर्जा सहजै नपाइने धारणा राखेका हुन् ।
उनले कार्यक्रममा भने, ‘शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम अलि रिक्स नै हो, बैंकहरुले पनि हरेक पक्षलाई नियालेर मात्रै कर्जा दिन्छन्, कसैले हातमा प्रमाण पत्र लिएर मलाई २५ लाख रुपैयाँ ऋण चाहियो भनेर बैंक जाँदैमा ऋण पाइँदैन, बैंकहरुले पनि त्यसका लागि गर्न चाहेको व्यवसाय, त्यसको प्रकृति हेरेर मात्रै कर्जा उपलब्ध गराउँछन्, यसको बारेमा हामी बैंक वित्तीय संस्थाहरुसँग बसेर कसरी अगाडि बढ्न सकिन्छ छलफल गरिरहेका छौं ।’ यस्तै, उनले बैंक तथा वित्तीय संस्थाहरुले यो कर्जा प्रवाह गर्नमा धेरै रिक्स (जोखिम) देखेको बताएका छन् । ‘कार्यक्रम सुन्दा लोकप्रिय छ, यो कार्यक्रम कार्यान्वयनमा केही चुनौति अवश्य नै छ, बैंकहरुले लोन रिकभरीमा रिस्क देखेरै कार्यान्वयनमा समस्या देखाइरहेका छन्, तर हामी उनीहरुसँग छलफलमा छौं, कसरी व्यवस्थापन गर्न सकिन्छ लागि रहेका छौं,’ उनले भने ।
उनले यो स्कीमबाट हुने रिक्सलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भनेर छलफल भइरहेको बताए । सोही अनुसार प्रावधान बनाएर काम सुरु गर्ने उनको भनाइ छ । यसका लागि राष्ट्र बैंकले २ वटा टाक्सफोर्स बनाएर काम गरिरहेको पनि उनले जानकारी दिए ।
सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत कुनै उद्यम तथा व्यवसाय गर्न चाहनेका लागि शैक्षिक प्रमाणपत्र बैंकमा धितो राखेर २५ लाख रुपैयाँसम्म सहुलियत व्याजदरमा ऋण पाइने कार्यक्रम ल्याएको थियो । यो कार्यक्रम चालुको आवका लागि पनि आएको थियो तर कर्जाको भोलुम ७ लाख मात्रै थियो ।
आगामी आवका लागि बढाएर २५ लाख रुपैयाँ पुर्याइएको हो । यो कार्यान्वयन अर्थात आम विद्यार्थीहरुले सहजै पाउन भने निकै गाह्रो देखिन्छ । यो कर्जाको सुविधा पाउनको लागि कुनै व्यवसायिक योजना हुन आवश्यक छ ।
शैक्षिक प्रमाणपत्र हातमा लिएर जाँदैमा २५ लाख रूपैयाँ ऋण पाइँदैनः गभर्नर अधिकारी
आर्थीकसंसार संवाददाता२४ जेठ, २०७८
२४ जेठ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?