काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी १३औं वर्ष पार गरी १४औं वर्षमा प्रवेश गरेको छ । यो अवसरमा इन्स्योरेन्सले ‘बीमा पनि बचत पनि, कम बीमा शुल्कमा उचित प्रतिफल पaनि’ भन्ने नारालाई अघि सारेको छ ।
कम्पनीले २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा व्यवसाय सुरु गरेको थियो । बार्षिकोत्सवको अवसरमा कम्पनीले कम बीमा शुल्कमा अधिकतम प्रतिफल दिने प्रतिवद्धता समेत व्यक्त गरेको छ । साथै आम जनताहरुमा बीमाको पहुँच पुर्याउन निरन्तर लागि पर्ने र आगामी दिनमा अझै सरल, छरितो, प्रविधिमैत्री बीमा सेवामार्फत अघि बढ्ने प्रतिबद्धता समेत जनाएको छ ।
कम्पनीले सञ्चालन अवधिको १४ वर्षको अवधीमा १० अर्बभन्दा बढिको जीवन बीमा कोष बनाउन सफल भइसकेको छ । एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले १३ वर्ष पूरा गर्दा सुनौलो भविष्यको रेखा कोर्न सफल भइसकेको इन्स्योरेन्सले जनाएको छ ।
गुराँस लाइफ १३ वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश
आर्थीकसंसार संवाददाता१७ जेठ, २०७८
१७ जेठ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो