काठमाडौं । सिवाईसी नेपाललाई शालिग्राम लघुवित्त वित्तीय संस्था प्राप्ति गर्नका लागि बाटो खुलेको छ । संस्थाको आज सम्पन्न विशेष साधारण सभाले स्वीकृति दिएसँगै सिवाईसी नेपाललाई शालिग्राम लघुवित्त वित्तीय संस्था प्राप्ति गर्नका लागि बाटो खुलेको हो । सभा विद्युतीय माध्यमबाट सम्पन्न भएको छ ।
विशेष साधारणसभाले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र शालिग्राम लघुवित्त वित्तीय संस्थाबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । सिवाईसी नेपालको १०० कित्ता सेयरलाई शालिग्रामको ७५ कित्ता सेयर (१ः०.७५) दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको छ ।
प्राप्ति गर्ने कार्य सम्पन्न भएपश्चात हुने संस्थाको अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी, शेयर संरचना बमोजिम संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित भएको छ । उक्त सभाले वित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एकआपसमा गाभ्ने÷गाभिने सम्बन्धी आवश्यक सहमति र सम्झौता गर्नेलगायत गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त सभामा अध्यक्षको आज्ञाले सञ्चालक समितिको तर्फबाट प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त सधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन माथि शेयरधनीहरुको जिज्ञासा र उठेका प्रश्नहरुमा संस्थाको तर्फबाट प्रवन्ध सञ्चालक शर्माले स्पष्ट पारे ।
सिवाईसी नेपालले शालिग्राम लघुवित्तलाई प्राप्तिको बाटो खुल्ला
आर्थीकसंसार संवाददाता१४ जेठ, २०७८
१४ जेठ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?