News Portal

  • एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाईनबाटै लिने

    आर्थीकसंसार संवाददाता१० जेठ, २०७८
    ४२९ पटक
    १० जेठ, २०७८

    काठमाडौं । एनएमबि बैंकले ग्राहकलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने व्यवस्था मिलाएको छ । बैंकले वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ऊ अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड घरबाटै लिन सकिने व्यवस्था मिलाएको हो ।
    यससँगै, अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागि अनलाइनबाटै आवेदन दिई विदेशबाट पाइने सेवाहरु जस्तै नेटफ्लिक्स, अमेजन, पेपाल, शिक्षालगायत सामाजिक सञ्जालमार्फत पनि आफ्नो व्यवसायलाई आफ्नै कार्डबाट भुक्तान गरी प्रवद्र्धन गर्न सकिने बैंकले जानकारी दिएको छ ।
    उक्त सुविधा यो लिंकमा आवेदन दिई तत्काल प्राप्त सकिनेछ ।
    बैंकको १८१ शाखाहरुमा यो योजना सञ्चालनमा छ र जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिन्छ । बैंकले शाखाहरु साथै देशभरीका १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्