काठमाडौं । एसियन लाईफ इन्स्योरेन्सका भुक्तानीहरु अब पूर्ण स्वचालित हुने भएका छन् । एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेसमा आबद्ध भएसँगै अब सम्पूर्ण भुक्तानीहरु एनआइसि एसिया बैंकमा रहेको खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुनेछ ।
योसँगैं एसियन लाईफले आजबाट कारोबार सुचारु गरेको छ । यसरी एनपिआईमा रहेका कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिउस प्रणालीहरुमार्फत स्वचालित रुपमा एसियान लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानीलगायत आफ्ना कारोबारहरु गर्न सक्नेछ ।
एसियन लाईफले बीमा प्रिमियम संकलनका लागि पहिलेदेखि नै विभिन्न डिजिटल माध्यमको प्रयोग गर्दै आएको थियो भने यस व्यवस्थापछि कम्पनीको सेवा सञ्चालन थप छरितो र सहज हुनुका साथै कम्पनीको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रक्रिया पनि थप व्यवस्थित हुने विश्वास गरिएको कम्पनीले जनाएको छ ।
एसियन लाईफसँगै २८ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमा शुल्क (प्रिमियम)को संकलन हाल अनलाइनमार्फत भइरहेको छ भने ६ वटा बीमा कम्पनी भने एनपिआई प्रणालीमा आवद्ध भइसकेका छन् । एनिपआई नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ जसमा हाल ६१ सदस्य बैंक वित्तिय संस्थाहरु आवद्ध छन् ।
१४ वर्षभन्दा बढीको सञ्चालन अवधिमा एसियन लाईफले आफ्ना १४६ शाखाहरु तथा ९३ हजार भन्दा बढी एजेन्टहरु मार्फत ५ लाख ६८ हजारभन्दा बढी बीमाकर्ताहरुलाई बीमा सम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको छ ।
एसियन लाइफ इन्स्योरेन्सका सबै भुक्तानीहरु अब सिधै बैंक खातामा
आर्थीकसंसार संवाददाता२३ वैशाख, २०७८
२३ वैशाख, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?