News Portal

  • नबिल बैंकको ९ महिनामै साढे ३ अर्ब बढी नाफा

    आर्थीकसंसार संवाददाता१५ वैशाख, २०७८
    १०६४ पटक
    १५ वैशाख, २०७८

    काठमाडौं । नबिल बैंकलेले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ३ अर्ब ६७ करोड रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा १६.५० प्रतिशतले बढी हो ।
    गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब १५ करोड रुपैयाँ बढी खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा खुद नाफा कमाएको बैंकको खुद ब्याज आम्दानी भने ५.०९ प्रतिशतले घटेर ५ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी घटे पनि बैंकको सञ्चालन नाफालगायत अन्य आम्दानी बढेसँगै बैंकको खुद नाफा बढ्नमा टेवा पुगेको हो । बैंकको सञ्चालन नाफा १६.३७ प्रतिशतले बढेर ५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।
    त्यस्तै, बैंकको वितरणयोग्य नाफा ८१ प्रतिशतले बढेर ३ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको चैत मसान्तमा २ अर्ब ९ करोड रुपैयाँ मात्रै थियो । हाल संस्थाको चुक्ता पुँजी १३ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । जगेडा कोषको रकम ११.२२ प्रतिशतले बढेर १७ अर्ब ५२ करोड रुपैयाँ सञ्चित भएको छ । चैत मसान्तसम्म २ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले एक खर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ९.१९ र २५.७६ प्रतिशतले बढी हो ।
    संस्थाको निष्क्रिय कर्जा (एनपीएल) ०.६३ प्रतिशतबाट घटेर ०.४८ प्रतिशतमा सीमित भएको छ । त्यस्तै, सीडी रेसियो पनि बढेर ८०.८ प्रतिशतमा पुगेको छ । त्यस्तै, खुद नाफा वृद्धि गरेको बैंकको प्रतिसेयर आम्दानी भने घटेर ३६.४० रुपैयाँमा झरेको छ । पीई रेसियो ३७.९१ प्रतिशत छ । त्यसैगरी, संस्थाको आधार दर र स्प्रेड रेट घटेर क्रमशः ६.१८ प्रतिशत र ३.२ प्रतिशतमा झरेको छ ।

    प्रतिकृया दिनुहोस्