News Portal

  • एभरेष्ट बैंकको १०३औं शाखा तनहुँको दमौलीमा

    आर्थीकसंसार संवाददाता१० वैशाख, २०७८
    ५२५ पटक
    १० वैशाख, २०७८

    काठमाडौं । एभरेष्ट बैंकले तनहुँको दमौलीमा आफ्नो १०३औं शाखा विस्तार गरी उद्घाटन गरेको छ । बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधा उपलब्ध गराउनका लागि उक्त स्थानमा शाखा सञ्चालनमा ल्याएको हो ।
    उद्घाटन समारोहमा बैंकले कन्ट्याकलेश पेमेन्टलाई प्रबद्र्घन गर्दै आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका साथ क्यूआर कोड पनि हस्तान्तरण गरेको छ ।
    बैंकमा हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०३ शाखा सञ्जाल, प्रादेशिक कार्यालय, १३५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्