News Portal

  • एनआईसी बैंकले उपचार कोषमा आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता२ भदौ, २०७७
    ४७५ पटक
    २ भदौ, २०७७

    काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ७ लाख ५९ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व बहन गर्दै सो रकम नेपाल सरकारद्वारा स्थापित उक्त कोषको बैंक खातामा जम्मा गरेको हो । बैंकले यस अघिसमेत देशका सातै प्रदेश सरकारलाई १५/१५ लाख रुपैयाँ गरी कुल १ करोड ५ लाख रुपैयाँ प्रदान गरिसकेको छ । उक्त सहयोग रकममा बैंकको तर्फबाट १० लाख रुपैयाँ र कर्मचारीको तर्फबाट ५ लाख रुपैयाँ समावेश गरी १५ लाख रुपैयाँका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरेको थियो ।
    साथै, बैंकले लकडाउनका बेला देशका विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई विभिन्न प्रादेशिक तथा स्थानीय सरकारलगायतसँगको सहकार्यमा करिब ४८ लाख रुपैयाँ बराबरको चामल, तेल, नुन, दाललगायतका खाद्यान्न सामग्रीहरू समेत वितरण गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्