News Portal

  • नेपाल एसबिआईको दरबारमार्गस्थित अन्नपूर्ण एटिएम लाउन्जमा एटिएमको उद्घाटन

    आर्थीकसंसार संवाददाता६ वैशाख, २०७८
    ८८९ पटक
    ६ वैशाख, २०७८

    काठमाडौं । नेपाल एसबिआई बैंकले दरबारमार्गस्थित अन्नपूर्ण एटिएम लाउन्जमा एटिएमको उद्घाटन गरेको छ । नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रमुख सञ्चालन अधिकृत यादभेंद्र कांतद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको उक्त समारोहमा बैंकका सल्लाहकार छपिराज पन्तका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।
    यस बैंकले ८८ शाखा, १९ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्