काठमाडौं । उपत्यका बाहिर गण्डकी प्रदेशमा पहिलो पटक २५६ स्लाइसको सीटी स्क्यानको सुविधा विधिवत रुपमा सञ्चालनमा आएको छ ।
पोखरा र गण्डकी प्रदेशका विरामीहरुलाई सहज र सुलभ गुणस्तरीय र सस्तो हिसावले विभिन्न रोगहरु पत्ता लगाउन विगत ३ वर्षदेखि स्थापित पोखरा एम आर आइ डाइग्नोस्टिक सेन्टरले यो सीटी स्क्यान सेवाको प्रारम्भ गरेको हो । यो सिटी स्क्यान गण्डकी प्रदेशकै ठुलो सिटी स्क्यान हो ।
विशेषगरी मुटु, मस्तिष्क फोक्सो, पेट र हात खुट्टाको रगतको नशाहरुलगायत शरीरका विभिन्न अंगहरुको क्यान्सर र बच्चाहरुको लागि कम विकिरण दिएर सीटी स्क्यान गर्ने सुविधा रहेको छ । यस सीटी स्क्यानको सुविधा २४ घण्टा नै उपलब्ध रहने बताइएको छ ।
मुटुको रगत नशाको जाँच कोरोनरी एनजियोग्राफी गर्न काठमाडौंसम्म जान नपर्ने पोखराका वरिष्ठ डाक्टरहरुद्वारा सञ्चालित यस सेन्टरमा विगत ३ वर्षदेखि १.५ टेस्लाको एमआरआइ मेमोग्राफी, युएसजी, गाइडेड बायोप्सीको सुविधा उपलब्ध हुँदै आइरहेको थियो । यस डाइग्नोस्टिक सेन्टरले आइएसओ गुणस्तरको लागि प्रक्रियामा रहेको समेत जनाएको छ ।
पोखरामा सञ्चालनमा आयो अत्याधुनिक सीटी स्क्यान सेवा
आर्थीकसंसार संवाददाता५ वैशाख, २०७८
५ वैशाख, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?