काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ‘अटो प्लस बीमा’ सुरु गरेको छ । ‘मोटर बीमा निर्देशिका २०७३’ मा समावेश नभएका सुविधा र पूर्ण राहात दिने उद्देश्यले शिखर इन्स्योरेन्सले ‘अटो प्लस बीमा’ नेपाली बीमा ल्याएको हो ।
यो बजारकै पृथक पोलिसि हो । शिखर इन्स्योरेन्स कम्पनीले गत मंसिरबाट सुरु गरेको सवारी साधन अतिरिक्त लाभ बीमालेखअन्तर्गतको ‘अटो प्लस बीमा’ कार्यक्रमले छोटो समयमै लोकप्रियता पाएको छ ।
‘मोटर बीमा निर्देशिका २०७३’ अनुसार मोटर बीमा पोलिसीले क्षतिको समयमा सवारी धनीलाई पूर्ण राहात दिन नसक्ने, सवारी साधनको क्षति वा चोरी हुँदा बीमाङ्क रकमसम्मको मात्र दाबी पाइने, क्षतिको मूल्याङ्कनमा ह्रासकट्टीबापत रकम काट्ने, गाडी पूर्ण क्षति भएको र अर्काे नयाँ सवारी साधन खरिद गर्नु परेमा बीमित आफैले रकम थप्नुपर्ने र उक्त गाडी मर्मत नहुञ्जेल वा नयाँ खरिद नगरुञ्जेलसम्म बीमित आफैंले यातायात खर्च ब्यहोर्नु पर्नेजस्ता कुरामा सवारी धनीलाई थप सहजता उपलब्ध गराउन आवश्यक ठानी शिखर इन्स्योरेन्सले अटो प्लस बीमा योजना सुरु गरेको हो ।
बीमा क्षेत्रकै नौलो, सवारी साधन अतिरिक्त लाभ पाउने गरी थालनी गरिएको ‘अटो प्लस बीमा योजना’ अन्तर्गत ह्रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनस्र्थापना र दैनिक सवारी भाडा÷यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन् ।
यो बीमालेख कार, जिप, मोटरसाइकल र स्कुटरजस्ता चारपाङ्ग्रे र दुईपाङ्ग्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन् । अटो प्लस बीमा लेखको बीमा अवधि व्यापक सवारी साधन बीमाको अवधिको समान छ । नेपालमा दर्ता भएको मितिबाट १० वर्षभन्दा कम उमेरका सवारी साधनका लागि मात्र ‘अटो प्लस बीमा’ पोलिसी खरीद गर्न सकिन्छ ।
जस्तो सवारी साधन क्षति भई पार्टपूर्जाहरु फेर्नुपर्ने अवस्थामा सर्भेयरको प्रतिवेदन वा क्षतिको मूल्याङ्कनअनुसार भएको ह्रासकट्टीको रकम मात्र कम्पनीले भुक्तानी दिन्छ । यस्तै, अटो प्लस बीमा गर्दा सवारी साधन पुनस्र्थापनाअन्तर्गत सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ । यसैगरी, यो पोलिसीमा बीमितले तेस्रो सुविधाका रुपमा दैनिक सवारी भाडा÷यातायात खर्च समेत पाउनेछन् । जसमा आफ्नो सवारी साधन पूर्ण क्षति वा चोरी भएको छ भने अधिकतम ३० दिनसम्म र आंशिक क्षति भएको अवस्थामा अधिकतम १४ दिन सम्मको यातायात भाडा खर्चसमेत कम्पनीले उपलब्ध गराउँछ । यद्यपि, यसरी भुक्तानी हुने दैनिक भाडा दर दुई र चारपाङ्ग्रे सवारीका लागि फरक हुन्छ । भाडादर पनि सवारी साधनको मूल्यअनुसार फरक हुन्छ ।
शिखर अटो प्लस बीमाले मोटर बीमा निर्देशिका–२०७३ सहित बीमितहरुका लागि नयाँ आयम थपेका कारण हाल निजी सवारी धनीहरु उत्साहित देखिएका छन् ।
बिगत १७ वर्षदेखि निर्जीवन बीमाको क्षेत्रमा रोल मोडलको रुपमा प्रभुत्व जमाउन सफल शिखर इन्स्योरेन्सले सुरु गरेको अटोप्लस बीमा योजना नयाँ पोलिसी हो । हाल नेपालमा अन्य बीमा कम्पनीसँग नभएका मौसम सूचकाङ्क बीमा र अटो प्लस बीमा कार्यक्रम शिखरका पछिल्ला पृथक बीमा योजना हुन्।
यसैबीच, शिखर इन्स्योरेन्समा हुन्डाइका गाडीहरुको बीमा गराउँदै आएको नेपालका लागि होन्डाइका गाडीहरुको आधिकारिक बिक्रेता इन्टरकन्टिनेन्टल प्रालिले पनि नयाँ वर्ष २०७८ साललाई लक्षित गरी ‘हुन्डाइ चढौं अघि बढौं’ अन्तर्गत एक वर्षसम्मको बीमा छुटको योजना ल्याएको छ । उक्त प्रालिले हाल नेपालभर रहेका आफ्ना १३ शोरुम र १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुका लागि विभिन्न सुविधासहित बीमा सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।
नेपाली बीमा क्षेत्रकै नौलो ‘अटो प्लस बीमा’ क्षतिको समयमा सवारी धनीलाई पूर्ण राहत
आर्थीकसंसार संवाददाता३ वैशाख, २०७८
३ वैशाख, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न