आर्थीकसंसार संवाददाता२४ चैत्र, २०७७
२४ चैत्र, २०७७काठमाडौं । सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सुरेन्द्र ढकाल फाउण्डेसनलाई सामुदायिक विद्यालय निर्माणको लागि आज एक कार्यक्रम आयोजना गरी सहयोग रकम हस्तानतरण गरेको छ ।
सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले उक्त सहयोग रकम फाउण्डेसनका अध्यक्ष सुरेन्द्र ढकाललाई हस्तानतरण गरे । पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको यस एक्सटेन्सन काउन्टरसहित ८ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ जसमध्ये ५ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । साथै बैंकको हालसम्म ८९ एटियम रहेका छन् । बैंकले हालसम्म करीव ८२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ७८ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ ।