काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो मोबाईल बैंकिङ्ग सेवालाई परिस्कृत गरेको छ । यससँगै बैंकका खाताबाहक ग्राहक तथा उक्त बैंकमा खाता नभएकाले उक्त ओम्नी च्यानल सेवा उपयोग गर्न पाउने भएका छन् ।
परिस्कृत मोबाईल बैंकिङ्ग सेवापश्चात ग्राहकलाई डिजिटल कारोबार गर्न थप उत्साहित गर्ने विश्वास बैंकले लिएको छ ।
यो परिस्कृत सेवाले हाल ग्राहकले भोगिरहेका विभिन्न समस्याहरुको निवारण गर्नेछ । हाल बैंकले ग्राहकलाई प्रदान गरेको मोबाईल बैंकिङ्ग सेवा प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो मोबाईलमा सम्बन्धित बैंकको एप डाउनलोड गर्न पर्नेछ तर यस बैंकको परिस्कृत सेवा मोबाईल एपबाट मात्र नभई बिना एप पनि प्रयोग गर्न सकिनेछ ।
परिस्कृत सेवाबाट ग्राहकले विभिन्न माध्यममार्फत विभिन्न बैंक खाताहरुमा खाता नम्बर वा मोबाईल नम्बर प्रयोग गरी रकमान्तर गर्न, विभिन्न वालेटहरुमा रकमान्तर गर्न, मोबाईल, इन्टरनेट, टेलिभिजन, विद्युत, खानेपानी, तथा टेलिफोन सेवाहरुको सेवा शुल्क भुक्तानी गर्न, ग्राहक आफ्नो खाताको विवरण हेर्न, बैंकको विभिन्न सेवाको बारेमा विस्तृत जानकारी लिन, ग्राहकको समस्यालाई सम्बोधन गर्न बैंकको सम्बन्धित प्रतिनिधिहरुसँग भेटको लागि समय मिलाउन, डिजिटल टोकन लिई आफ्नो तोकिएको समयमा सेवा उपयोग गर्न, आफ्नो पासवर्ड भुलवस बिर्सिएमा आफैंले परिर्वतन गर्न, बैंकको शाखा कार्यालय तथा एटीएम सेवाहरुको जानकारी लिन, विदेशी विनिमय दरको जानकारी लिन आदि सेवाको उपयोग गर्न सकिने छ ।
बैंक अफ काठमाण्डूको परिस्कृत मोबाईल बैंकिङ्ग सेवा सञ्चालनमा
आर्थीकसंसार संवाददाता११ चैत्र, २०७७
११ चैत्र, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?