काठमाडौं । सिभिल बैंकले ‘ग्लोबल मनी विक’को उपलक्ष्यमा विविध वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना गर्दै मनाउने भएको छ ।
बैंकले ‘ग्लोबल मनी विक’को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतनामुलक विविध वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना निम्नानुसार हुने कुरा बैंकले जानकारी दिएको छ ।
बैंकले चैत्र ९ गते प्रदेश नं १ मा अर्किड कलेज, बिराटनगरमा वित्तीय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्नेछ भने चैत्र १० गते प्रदेश नं २ मा जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम तथा खुद्रा व्यापारीहरुमा क्यू आर कोडमार्फत भुक्तानीको थालनी गर्नेछ ।
यस्तै चैत्र ११ गते वाग्मती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तीय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यू आर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्ने र चैत्र १२ गते गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तीय साक्षरता कार्यक्रम गर्ने बैंकको योजना रहेको छ । बैंकले चैत्र १३ गते लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम, चैत्र १४ गते कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम र चैत्र १५ गते सुदुरपश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तीय साक्षरता कार्यक्रम गर्ने जानकारी दिएको छ ।
साथै बैंकले आफ्नो सामाजिक संजालमार्फत सात प्रमुख विद्युतीय माध्यमहरु (मोवाइल एप, क्यूआर कोड, एटिएम, ईन्टरनेट बैंकिंङ्ग, कनेक्ट आइपियस, पिओयस र डिजिटल वालेट)को बारेमा चेतनामुलक सामाग्रीहरुको प्रसारण गर्ने योजना रहेको छ ।
सिभिलले सातै प्रदेशमा ग्लोबल मनी विक मनाउने
आर्थीकसंसार संवाददाता८ चैत्र, २०७७
८ चैत्र, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो