News Portal

  • इन्भेष्टमेन्ट बैंकको डिजिटल वालेट एप ‘थैली’ सेवा सुरु

    आर्थीकसंसार संवाददाता५ चैत्र, २०७७
    ७२० पटक
    ५ चैत्र, २०७७

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘थैली’ नामक डिजिटल वालेट सर्भिस ल्याएको छ ।
    बैंकले ग्राहकलाई बैंक र एटीएममै पुग्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले डिजिटल भुक्तानीलाई बढावा दिन थैली वालेट ल्याएको बताएको छ ।
    राष्ट्र बैंकले केही दिनअघि मात्रै डिजिटल माध्यमबाट हुने कारोबारको सीमा बढाएको थियो । सोलगत्तै बैंकले थैली सुरु गरेको हो ।
    थैली इन्भेष्टमेन्ट बैंकको मोबाइल मनी वालेट एप हो । यसबाट द्रुतगतिमा पैसा पठाउन, पाउन, एकाउन्ट चेक गर्न शून्य पैसामै सकिन्छ । थैली डिजिटल वालेट दुवै मोबाइल बैंकिङ र मोबाइल वालेट एप्लिकेसन भएको बैंकले जनाएको छ । यसमा ग्राहकले आफ्नो बैंकको एकाउन्ट जोड्नुपर्छ । यसबाट विभिन्न पी२पी फन्ड ट्रान्सफर, पैसा पठाउन र पाउन सकिने बैंकले जनाएको छ । यसैबीच, बैंकले नयाँ कर्जा सुविधा ‘थैली ओभरड्राफ्ट’ पनि सुरु गरेको छ । यसबाट साना तथा मध्यम र किराना स्टोरहरुलाई ओभरड्राफ्ट कर्जाको सुविधा उपलब्ध हुनेछ ।

    प्रतिकृया दिनुहोस्