काठमाडौं । एनएमबी बैंकले नेपालको डिजिटल बैंकिंगको वर्तमान अवस्थामा एक सफल प्रयास सृजना गर्न दुवै वेब र मोबाइल एप्लिकेशनमा ‘एनएमबी ओम्निच्यानल’ प्रस्तुत गरेको छ । ‘साचै डिजिटल बैंकिंग अनुभव’ मूल मन्त्रसहित ओम्निच्यानल डिजाइन गरी बैंकिंग क्षेत्रमै यो पहिलो पटक अघि सारिएको हो ।
एनएमबी ओम्निच्यानलको साथले अब ग्राहकहरूले नियामक निकायका आवश्यकताहरू बाहेक बैंकसम्म नधाइकनै आफ्नो मोबाइल फोन र अन्य अनलाइन प्लेटफर्मबाट मुख्य बैंकिङ गतिविधिहरू सञ्चालन गर्न सक्नेछन् ।
केवाईसी अपडेट गर्न, पिन र पासवर्ड रिसेट गर्न, टीडीएस स्टेटमेन्टहरू हेर्न, बचत र एफडी खोल्न, बन्द गर्न, समय अगावै एफडी प्रिम्याचुअर गर्न, एफडी बापत कर्जा लिन, खाताको उद्देश्य, कारोवार संख्या, रकमको स्रोत, प्यान, भ्याट, स्थायी ठेगाना, वैवाहिक स्थितिसमेत यसबाट अपलोड गर्न सकिन्छ ।
पेशा अपडेट गर्न, चेक बुक अनुरोध गर्न, चेक भुक्तानी रोक्का गर्न, खाता सक्रिय गर्न, नयाँ डेबिट कार्ड अनुरोध गर्न, नवीकरण गर्न, रिसेट वा रोक्का गर्न, एक भन्दा बढी खाताहरू हेर्न, डिमांड ड्राफ्टहरू जारी गर्न, एफडीआई प्रमाणपत्र प्राप्त गर्न, युएसडी कार्ड अनुरोध गर्न, टप अप गर्न मिल्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।
कर्जा योग्यता परीक्षण गर्न, खाताको स्टेटमेण्ट हेर्न ब्यालेन्स प्रमाणपत्र प्राप्त गर्न, टिडीएस प्रमाणपत्र प्राप्त गर्न, स्विफ्ट ट्रान्सफर अनुरोध गर्न र अन्य विविध सेवाहरू शाखासम्म पुग्नुको सट्टा ओम्नि च्यानलको प्लेटफर्म मार्फत प्राप्त गर्न सकिन्छ ।
सुविधाहरू समयसापेक्ष अपग्रेड गर्दै र प्रस्तुत गर्दै लगिनेछ । ग्राहकहरूले आईओएसका लागि एप स्टोर र एन्ड्रोइडका लागि गुगल प्लेबाट बैंकको ‘en\MB’ मोबाइल एप्लिकेसन डाउनलोड गरेर उक्त सेवा सुरू गर्नको लागि प्रक्रियाहरु अनुशरण गर्न सक्नेछन् ।
‘एनएमबी ओम्निच्यानलले ग्राहकहरूले नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको सुरुवातको अनुभव गर्ने दावी बैंकले गरेको छ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको सीमितताभन्दा माथि उठेर बैंकमा नधाईकनै प्रशस्त सम्भावनाहरु सहित मुख्य बैंकिङ गतिविधिहरु संचालन गर्न सकिने छ ।
हामी खुशी छौं कि यस कोभिडको परिवेशको बीचमा पनि एनएमबि ओम्निच्यानलले हाम्रा ग्राहकहरूको लागि घरमै बसी सुरक्षित तवरले बैंकिङ्ग कारोवारको निरञ्तरताको चाहना सहजै पुरा गराउँदैछ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एनएमबी ओम्निच्यानल एक सुरुदेखि अन्त्यसम्मको प्रक्रिया हो, जसले सबै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शीता, त्रुटीमुक्त र कागजविहीन बैंकिङ्ग सुनिश्चित गर्दछ बैंकले भनेको छ । जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैंकिंग प्रति प्रतिबद्धता परिपूर्ति गर्नु रहेको छ, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एनएमबी बैंकद्वारा वेब र मोबाइल एप्लिकेशनमा ‘एनएमबी ओम्निच्यानल’
आर्थीकसंसार संवाददाता०१ भदौ, २०७७
०१ भदौ, २०७७- सानिमा रिलायन्स लाइफको बीमालेख पुनर्जागरण गर्दा शतप्रतिशत छुट पाइने
- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण